कुमारी बैंकलाई “एक्सलेन्स इन इकमर्स बिजनेश २०२२” अवार्ड

0
Shares

कुमारी बैंक लिमिटेडले “एक्सलेन्स इन इकमर्स बिजनेश २०२२” अवार्डबाट सम्मानित भएको छ ।

अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा निजी क्षेत्रको कुमारी बैंकलाई सो अवार्ड प्रदान गरिएको हो ।

विसं २०७९ भदौ १५ मा भिषा इन्टरनेशनलद्वारा ‘लिडर्स कन्क्लेभ एमेन्टस् इनोभेसन फर डिजिटल नेपाल” सम्मेलनको आयोजना भएको थियो । सो आयोजित ‘लिडर्स कन्क्लेभ’ सम्मेलनमा भिषा इन्टरनेशनलद्वारा कुमारी बैंक लिमिटेडलाई “एक्सलेन्स इन इकमर्स बिजनेश २०२२” अवार्डले सुसम्मानित गरिएको हो ।

कुमारी बैंक आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको छ । बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।

बैंकले हाल आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे ट । आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  १८ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।