विजय लघुवित्त र नयाँ सारथी लघुवित्तबीच मर्जर सम्झौता

0
Shares

नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने।गाभिने (मर्जर) सम्झौता सम्पन्न भएको छ ।

जिल्ला नवलपरासी गैडाकोट ५, मा रजिष्टर्ड कार्यालय रहेको विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नम्बर ३, मा रजिष्टर्ड कार्यालय रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाभ्ने।गाभिने सम्बन्धी समझदारीपत्रमा मंसिर २६ गते साँझ ६ः१५ बजे हस्ताक्षर भएका हो ।

नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता गरिएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका २०७९ को दफा ३ (१) मा भएको व्यबस्था अनुसार दुबै कम्पनीको आधारभुत सेयरधनीहरुको सेयर कारोबार दफा ७ मा भएको व्यबस्था अनुसार साधारण सभा सम्पन्न नभएसम्मको लागि रोक्का भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ मंसिर २०७९, मंगलबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।