इष्टर्न हाइड्रोपावर लिमिटेडको पहिलो सेयर कारोबार २१६ रुपैयाँसम्म खुल्ने

0
Shares

इष्टर्न हाइड्रोपावर लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पहिलो सेयर कारोबार अधिकतम २१६ रुपैयाँसम्म खुल्ने भएको छ ।

पछिल्लो (आव २०७७।७८) परिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ७२.३३ रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीको सेयर न्यूनतम ७२ रुपैयाँदेखि अधिकतम २१६.९९ रुपैयाँसम्मको रेञ्जमा खुल्नेछ । नेप्सेले पहिलो पटक सेयर कारोबारमा आउने कम्पनीलाई वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुणासम्म कारोबार रेञ्ज दिने गरेको छ ।

मंसिर २६ गते मंगलबार कम्पनीले नेप्सेमा प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ अंकित दरमा ६२ लाख कित्ता सेयर सूचीकरण भएको छ । उक्त साधारण सेयर मंगलबार धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मंसिर २६ गतेको निर्णयानुसार यस स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हो ।

कार्तिक १७ गते बाँडफाँड भएको कम्पनीको सेयर डेढ महिनापछि मात्र नेप्सेमा सूचीकृत भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबारका लागि कारोबार संकेत इएचपीएल (EHPL) दिएको छ । संस्थाको यहि कारोबार संकेतमा सेयर कारोबार खुल्नेछ ।

एनएमबि क्यापिटल लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले असोज २८ देखि कार्तिक २ गतेसम्म कर्मचारी र म्युचुअल फण्डलाई सहित सर्वसाधारणमा ६ लाख ७० हजार ३१० कित्ता (१० प्रतिशत) सेयर बिक्री गरेको थियो । उक्त सेयर भदौ २७ गते बाँडफाँड भएको थियो । सो अघि कम्पनीले स्थानीय बासिन्दाका लागि भदौ ७ गतेदेखि २८ गतेसम्म ६ लाख २० हजार कित्ता (१० प्रतिशत) सेयर खुला गरी ५ लाख ६९ हजार ६९० कित्ता सेयर असोज ९ गते बाँडफाँड भएको थियो । कम्पनीका संस्थापकहरुको ४९ लाख ६० हजार कित्ता (८० प्रतिशत) धितोपत्रमा लगानी रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र लघुवित्त कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट स्टक एक्सचेञ्ज लिमिटेडमा उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुन भएकाले मंसिर २८ गते बुधबारदेखि कम्पनीको सेयर कारोबार सुचारु हुनेछ ।

इष्टर्न हाइड्रोपावरको प्रधान कार्यालय ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नम्बर १० रहेको र सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ मंसिर २०७९, मंगलबार  १८ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।