शिवम् सिमेन्ट्सले लाभांश प्रस्ताव सहित डाक्यो साधारण सभा

0
Shares

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको १०.५३ प्रतिशतका दरले हुन आउने ४६ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न कम्पनीले पुस १९ गते सातौं वार्षिक साधारण सभा समेत बोलाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गते बुधबार एक दिन बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार पुस १९ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ मंसिर २०७९, बिहिबार  १५ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।