नेपाल हाइड्रो डेभलोपरले बोलायो वार्षिक साधारण सभा

0
Shares

नेपाल हाइड्रो डेभलोपर लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीले पुस २९ लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौंमा बिहान ११ बजे १६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको एजीएममले चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने १ करोड ५९ लाख ९६ हजार ५०० रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशतका दरले हुन आउने ८ लाख ४१ हजार ९२१ रुपैयाँ ५ पैसा बराबरको नगद लाभांश अनुमोदन गर्नेछ ।

साथै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, वित्तीय विवरण पारित गर्न लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते सोमबार बुकक्लोज मिति तोकेको छ । पुस १० गते आइतबार क्रिशमसको सार्वजनिक विदा परेकाले पुस ७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयर लगानीकर्ताहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ पुस २०७९, आइतबार  ०९ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।