शेयर बजारको चमक दुई दिन टिकेन, किन भईरहेको छ यस्तो ?

0
Shares

लामो समयदेखि ओरालो लागेका शेयर बजार सोमबार दोहोरो अंकले बढ्दा बजार फर्किने आशा गरेका लगानीकर्तालाई मंगलबारको बजारले पुन निराश बनाएको छ

अघिल्लो दिन १३ अंक बढीले बढेर झण्डै ५५ करोडको कारोबार भएको बजार मंगलबार करिब ६ अंकले ओरालो लागेको छ भने कारोबार रकम समेत १८ करोडले खस्किएको छ ।

एनएमबि बैंक लगायतका केहि कम्पनीहरुले उच्चदरले लाभांश घोषणा गर्दा सोमबार बजार बढेको थियो भने कारोबारमा समेत चमक आएको थियो । साथै अर्थमन्त्री फेरिने हल्लाले पनि बजारमा चलखेल गर्नेहरुलाई बाहना दिएको थियो। तर, ती हल्लाहरु पुष्टिगर्ने आधारहरु नहुँदा शेयर कारोबारीहरुले खेलो फड्को गर्ने कुनै बाहना नपाउँदा बजार पुरानै लयमा फर्किएको हो ।

सूचीकृत कम्पनीहरुले लाभांश वितरण गर्नुका साथै चालु आर्थिक बर्षको पहिलो त्रैमासको प्रगति विवरण प्रकाशित गरिरहदा पनि लगानीकर्ताको ध्यान यस्ता बिषयले तान्न सकेको छैन् । अर्थमन्त्री फेरिने र धितोपत्र बोर्डमा को आउँला भन्ने तर्कनाका आधारमा बजारलाई डोर्याउन खोज्दा समेत बजारको वृद्धि टिकाउन हुन नसकेको केहि अनुभवी लगानीकर्ताहरुको बुझाई छ । शेयर बजारमा अध्ययनशिल लगानीकर्ता भन्दा पनि शतही कारोबारीहरु हाबी हुने भएकाले बजार अतिकति बढ्यो कि फेरि घटिहाल्ने प्रवृति दोहोरीने गरेको ती लगानीकर्ताको बुझाई छ ।

मंगलबार नेप्से परिसूचक ५.६१ अंकले घटेर ११३९.९६ विन्दुमा झरेको छ । यस दिन १६१ कम्पनीको ३७ करोड ९८ लाख रुपैयाँ बराबरको १० लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम अघिल्लो दिनको भन्दा झण्डै १८ करोड कम हो। यस दिन पनि एनएमबि बैंकको सबैभन्दा धेरै १ करोड ६९ लाख बराबरको शेयर किनबेच भयो ।

कारोबार आएका उत्पादन बाहेक सबै समूहको सूचक ओरालो लागेको छ । उत्पादन मुलुक सहुको सूचक करिब दश अंकले उकालो लागेको छ । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ५५ अंकले ओरालो लागेको छ ।

यसदिन सबैभन्दा धेरै हिमालयन डिष्टिलरी शेयर मूल्य साढे सात प्रतिशतले बढेको छ । घोडीघोडा लघुवित्त तथा सबैको लघुवित्त लगायतका कम्पनीको शेयर भाऊ बढेको छ । जोशी हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरैले घटेर प्रतिकित्ता ५६ रुपैयाँमा झरको छ ।