बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँडको नतिजा कसरी हेर्ने ?

0
Shares

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणमा जारी गरेको साधारण सेयर बाँडफाँड भएको छ ।

कुल आवेदकमध्ये ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट सेयर पाएका छन् भने १२ लाख ०६ हजार ८९९ जनाको हात खाली भएको छ । आईपीओमा कुल १२ लाख ५८ हजार ४२१ वटा आवेदन परेको थियो ।

कम्पनीको आईपीओको नतिजा चार तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएको वेबसाइटबाट सम्बन्धीत निष्कासनकर्ता कम्पनीको नाम र आफ्नो १६ अंकको डिम्याट नम्बर हालेर हेर्न सकिन्छ भने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाइट, बाराही हाइड्रोको वेबसाइट र सिडीएससीको मेरो सेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर पनि नतिजा हेर्न सकिन्छ ।

१. सिडीएससीको आईपीओ नतिजा हेर्ने वेवसाइट
२. बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाइट
३. बाराही हाइड्रोपावर कम्पनीको वेबसाइट
४. मेरो सेयरको एप्लीकेसन रिर्पोट

बाराही हाइड्रोको आईपीओ बाँडफाँड, ५१ हजार ५२२ जनाले पाए सेयर

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ पुस २०७९, आइतबार  १४ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।