सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ । बैंकले गत आवको नाफाबाट प्रस्ताव गरेको लाभांश वितरण तथा साधारण सभाका लागि सोमबार बुकक्लोज मिति तोकेको छ ।
बुकक्लोज मितिसँगै नेप्सेले प्रस्तावित ४.७५ प्रतिशत बोनस बोनस समायोजन गरी नयाँ भाउ तोकेको हो । समायोजनपछि बैंकको सेयरमूल्य १७६ रुपैयाँ ६१ पैसा तोकेको छ । आइतबार बैंकको सेयरमूल्य अन्तिम पटक १८५ रुपैयाँमा कारोबार भएको थियो ।
यससँगै आइतबार समायोजित भएको मूल्यलाई आधार मानेर सोमबार बैंकको सेयर कारोबार खुला हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया