शिवम् सिमेन्ट्स लिमिटेडले पुस २९ गते शुक्रबार सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनी सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले पुस २९ गते शुक्रबार सामना होटल, हेटौंडा मकवानपुरमा बिहान १० बजे सभा आह्वान गरेको हो ।
कम्पनीले सभामा गत आवको नाफाबाट कर सहित चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभाले गत आवको नाफाबाट कुल ४६ करोड ३३ लाख २० हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
कम्पनीको साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा रहेको छ ।
त्यस्तै सभा मार्फत आगामी चार वर्षे कार्यकालका लागि ५ जना सञ्चालकहरुको निर्वाचन गरी सञ्चालक समिति गठन गर्ने प्रस्ताव पनि हुनेछ ।
कम्पनीले सभा प्रयोजनका लागि पुस २० गते बुधबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १९ गते मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया