एनएमबि बैंकले “अपन एनएमबि बचत खाता” सञ्चालनमा ल्याएको छ । बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेगरी सो खाता सञ्चालनमा ल्याएको हो ।
मधेश प्रदेशमा बचत प्रोत्साहन गर्ने उदेश्य लिएर एनएमबि बैंकले वार्षिक ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्ने गरी “अपन एनएमबि बचत खाता” सञ्चालनमा ल्याएको हो ।
यो खातामा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेर, आस्वा सेवा लगायत अन्य थुप्रै आकर्षक सुविधाहरु पनि प्रदान गर्नेछ ।
एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया