फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव सहितका अन्य एजेण्डाहरु पारित गर्न साधारण सभा आह्वान गरेको छ ।
लघुवित्त कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सोही लाभांश पारित गर्न कम्पनीले यहि पुस ३० गते वार्षिक शनिबार आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान १० बजे साधारण सभा (एजीएम) आह्वान गरेको हो । सभाबाट प्रस्तावित लाभांश अनुमोदन हुनेछ ।
यस्तै लघुवित्तले अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा राखेको छ ।
लघुवित्त कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ पुस १७ गते आइतबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १४ गते बिहीबारसम्म नेप्सेमा सेयर खरिद गरी कायम रहेने लगानीकर्ताहरु मात्र साधारण सभामा प्रतिनिधित्व गर्न तथा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया