मैलुङ खोला जलविद्युतले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनी स्ञ्चालक समितिको बैठकले बिना लाभांश पुस २६ गते कम्पनीको नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे सभा बोलाइएको छ ।
सभामा लाभांश बाहेक आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका सामान्य एजेन्डाहरु मात्र समावेश रहेको छ ।
चुक्ता पुँजी ३६ करोड ८१ लख ४३ हजार रुपैयाँ रहेको कम्पनीले गत आवमा १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको भएपनि सो मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिएको हो । कम्पनीको सेयरधनी कोषमा २ करोड ४ लाख बढी सञ्चित छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लागि पुस १७ गते आइतबारका दिन सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार पुस १४ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया