राधी विद्युत कम्पनीले एकैपटक लाभांश प्रस्ताव र साधारण सभा (एजीएम) घोषणा गरेको छ ।
कम्पनीले चुक्ता पूँजीको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव सहित पुस २८ गते बिहीबार साधारण सभा डाकेको हो । कम्पनीले पुस २८ गते कम्पनीकै कार्यालय‚ त्रिपुरेश्वरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट साधारण सभा डाकेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले कम्पनीको नियमावली संशोधन गर्ने‚ लेखापरीक्षक नियुक्त गर्ने‚ वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ पुस १३ गते बुधबार एक दिनका लागि सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १२ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहन आउने सेयर लगानीकर्ताहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया