लक्ष्मी लघुवित्तले लाभांश पारित गर्न डाक्यो साधारणसभा, अन्य संस्था खरिद गर्ने

0
Shares

लक्ष्मी लघुवित्तले गत आर्थिक बर्षको प्रस्तावित लाभांश लगायतका एजेन्डा पारित गर्न मंसिर २० गते शुक्रबार कमलपोखरीमा आठौं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश समेत गरि कुल २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तले ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनश र २ करोड ७३ लाख नगल लाभांश गरि कुल ६ करोड ३६ लाख रुपैयाँ लाभांश वितरण गर्नेछ । बोनश वितरण पछि लघुवित्तको चुक्ता पूँजी २७ करोड ८३ लाख रुपैयाँमा पुग्नेछ ।

त्यस्तै सभामा कम्पनीको बिनियमावली र प्रबन्धपत्र संसोधन गर्ने र अन्य घ वर्गका वित्तीय संसथालाई प्राप्ति सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव साधारणसभामा पेश हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर ११ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार मंसिर १० गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।