पोखरा फाइनान्सले सार्वजनिक गर्यो प्रगतिउन्मुख विवरण, नाफा र जगेडामा वृद्धि

0
Shares

पोखरा फाइनान्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २३.६५ प्रतिशतले बढी हो ।

गत आर्थिक बर्षको यही अवधिमा फाइनान्सले २ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । फाइनान्सको खुद ब्याज आम्दानी संचालन नाफा बढेपछि खुद नाफामा समेत सुधार आएको हो ।

संस्थाले असोज मसान्तसम्म ६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको निक्षेप तथा कर्जामा बढोत्तरी आएको छ । जसबाट फाइनान्सले ८ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन मुनाफा ४ करोड २४ लाख पुर्याएको छ ।

फाइनान्सको चुक्ता पूँजी ८५ करोड ७२ लाख छ । जसको जगेडाकोषमा २५ करोड ९१ लाख रुपैयाँ जम्मा भएको छ । जुन समीक्षा अवधिको भन्दा ४८ प्रतिशत बढी हो । फाइनान्सको खराब कर्जा घटेर एक प्रतिशत तल झारेको छ ।

फाइनान्सको वार्षिकीकृत प्रतिशेयर आम्दानी १३.७० रुपैयाmँ प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९८ पैस, पीई रेसियो १०.२२ गुणा तथा तरलता अनुपात २७.२५ प्रतिशत छ ।