कामना सेवा विकास बैंकले घोषणा गर्यो लाभांश, बोनस छैन नगद मात्रै

0
Shares

कामना सेवा विकास बैंकले गत आर्थिक बर्षको कमाईबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले शेयरधनीलाई ६.८ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल संस्थाको चुक्ता पूँजी २ अर्ब ५४ करोड एक लाख रुपैयाँ छ । जस अनुसार संस्थाले कर सहित १७ करोड २७ लाख रुपैयाँ वितरण गर्नेछ ।

बैंकले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट ८ प्रतिशत नगद र १.५ प्रतिशत बोनस शेयर गरी कुल ९.५ प्रतिशत लाभांश दिएको थियो ।

कम्पनीले गत आर्थिक बर्षमा ३२ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।