ज्योति विकास बैंकले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर हाल कायम रहेका संस्थापक सेयरधनीहरुले आवेदन गर्न पाउने गरी बिक्रीमा राखेको हो । बैंकले बिक्री गर्न लागेको सेयर संख्या भने उल्लेख गरेको छैन ।
इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र उक्त सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । खरिद चाहेको कित्ता र दरसहित काठमाण्डौको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमामा इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि सम्पर्क गर्न सक्नेछन् ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य सर्वसाधारण तथा संघसंस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया