मोलुङ हाइड्रोपावरले पुस १९ देखि आईपीओ ल्याउने, कसले भर्न पाउँछ ?

0
Shares

मोलुङ हाइड्रोपावर कम्पनीले पुस १९ गतेदेखि प्रारम्भिक सर्वावनिक निष्कासन ( आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित १०० रुपैयाँ अंकित दरमा कुल आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका ओखलढुङ्गा जिल्लाका स्थानीय बासिन्दा र विदेशमा रोजगारीका लागि गएका नेपाली श्रमिकका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले स्थानीय बासिन्दालाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड २ लाख ५० हजार रुपैयाँ (८ लाख २ हजार ५०० कित्ता) बराबरको आईपीओ बिक्री खुला गर्नेछ ।

यसैगरी कम्पनीले सर्वसाधारणमा जारी हुने जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको ३४ प्रतिशतले हुन आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्तामध्ये १० प्रतिशतले हुन आउने वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता तथा कर्मचारीका लागि २ प्रतिशत ५४ हजार ५७० कित्ता सेयर बिक्री खुला गर्नेछ ।

आयोजना प्रभावित क्षेत्रकाका लागि जारी गरिने कुल कित्तामध्ये ५ प्रतिशत ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाका बासिन्दालाई छुट्याइएको छ । बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दालाई बिक्री गरिने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ ।

कसले कहाँबाट कसरी दिने आवेदन ?

मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका लागि बैधानिक रुपमा श्रम स्वीकृति लिएर काम गरेको हुनुपर्छ भने रेमिट्यान्स खातामा पछिल्लो ६ महिनामा ५० हजार रुपैयाँ रेमिट्यान्स नेपाल पठाएको हुनुपर्ने व्यवस्था रहेको छ ।

उता स्थानीय बासिन्दाले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिने व्यवस्था गरिएको छ ।

प्रतिकित्ता १०० रुपैयाँको दरले निष्कासन भएको सो सेयर खरिका लागि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन्। स्थानीयको हकमा माघ ३ गतेसम्म सबै सेयर खरिदको आवेदन नपरेमा भने ढिलोमा माघ १८ गतेसम्म बिक्री खुला हुनेछ ।

मोलुङ हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार  १४ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।