इन्भेष्टमेन्ट बैंकले घोषणा गर्यो लाभांश, अघिल्लो बर्षको भन्दा आधा कम

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले अघिल्लो बर्षको भन्दा आधा घटाएर लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको कार्तिक २७ गते बिहान बसेको ५२२ औं बैठकले  १०.५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ८.५० प्रतिशत नगद लाभांश गरि कूल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

बैंकले १ अर्ब ३५ करोड १३ लाख २३ हजार ६५६ रुपैयाँ बराबरको बोनस शेयर तथा १ अर्ब ९ करोड ३९ लाख २८ हजार ६७४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।  हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार रुपैयाँ पुग्नेछ ।

अघिल्लो आर्थिक वर्ष बैंकले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो।