पोखरा फाइनान्सको साधारण सभा पुस ३० गते

0
Shares

पोखरा फाइनान्स लिमिटेडको साधारण सभा पुस ३० गते हुने भएको छ ।

फाइनान्सको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव पारित गर्न दरबारथोक ब्याङ्कवेट, बाँस्तोलाथर, पोखरामा पुस ३० गते शनिबार बिहान ९ बजे छब्बिसौँ वार्षिक साधारण सभा डाकेको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४ प्रतिशतका दरले (४ करोड १६ लाख ३६ लाख ७९२ रुपैयाँ ५२ पैसा) बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत (२१ लाख ८५ हजार ९३१ रुपैयाँ ६१ पैसा) नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्जर अथवा एक्वायर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चलाक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

फाइनान्स कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ पुस १९ गते मंगलबारदेखि पुस ३० गते शनिबारसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार पुस १८ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कम्पनीको सेयरधनी दर्ता किताबमा कायम रहने सेयर लगानीकर्ताहरुले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० पुस २०७९, आइतबार  ११ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।