चिलिमे हाइड्रोपावर र गुराँस लघुवित्तको शेयर मूल्य समायोजन

0
Shares

नेप्सेमा बुधबार चिलिमे हाइड्रोपावर कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले चिलिमेको २० प्रतिशत र गुराँस लघुवित्तको ७.६१ प्रतिशत बोनस सेयरका लागि शेयरमूल्य समायोजन गरेको हो ।

बोनस समायोजन गरेसँगै चिलिमेको शेयर मूल्य प्रतिकित्ता ३७५.८३ रुपैयाँ र गुराँस लघुवित्तको प्रतिकित्ता ४१७.२४ रुपैयाँ कायम भएको छ । समायोजित मूल्यअनुसार नै आज दोस्रो बजारमा कारोबार खुलेको छ ।

दुवै कम्पनीले लाभांश पारित र वार्षिक साधारणसभा प्रयोजनका लागि आज बुधबारदेखि बुक क्लोज गरेका हुन् । ।

चिलिमेले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । चिलिमेको साधारणसभा आगामी मंसिर ११ गते हुदैछ । त्यस्तै गुराँस लघुवित्तले आगामी मंसिर १४ गते हुने साधारण सभाबाट ७.६१ प्रतिशत बोनस शेयर र ०.४० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।