सुन तोलाको १ लाख ५०० रुपैयाँ निर्धारण

0
Shares

छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा आइतबार तोलामा २०० रुपैयाँले भाउ बढेको हो ।

आइतबार तेजावी सुनको मूल्य पनि तोलामा २०० रुपैयाँले बढेर तोलाको १ लाख रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य प्रति तोला १ हजार ३९० रुपैयाँ रहेको छ । यो भाउ शुक्रबार कारोबार भएकै भाउ हो ।

अघिल्लो दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । साथै चाँदी शुक्रबार प्रतितोला १ हजार ३९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज क्रिसमस परेकाले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निर्धारण भएको छैन । शुक्रबार प्रतिऔँस अमेरिकी डलर १७९८.५८ तथा चाँदी २३.७४ डलरमा कारोबार भएको थियो । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० पुस २०७९, आइतबार  १२ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।