यस्तो देखियो डिप्रोक्स र समिट लघुवित्तको पहिलो त्रैमासिक प्रगति विवरण

0
Shares

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा डिप्रोक्स र समिट लघुवित्त दुवैको नाफा बढेको छ । डिप्रोक्सले १५ प्रतिशत तथा समिटले २५.७० प्रतिशते नाफा बढाएको विवरण सार्वजनिक गरेका छन् ।

डिप्रोक्सको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ५९ पैसा

डिप्रोक्स लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको खुद नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ८ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन थियो ।

लघुवित्तले यस अवधिसम्म चार अर्ब २२ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ३० करोड ९६ लाख रुपैयाँ अन्य बैंक तथा वित्तिय संस्था मार्फत ऋण लिएर १२ अर्ब १० करोड ४० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । जसबाट २३ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ

चुक्ता पूँजी ७७ करोड ३४ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ९६ करोड १५ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको प्रतिशेयर आम्दानीमा दुई रुपैयाँ ११ पैसाले सुधार भएर ४९ रुपैयाँ ५९ पैसा कायम भएको छ । लघुवित्तको प्रतिशेयर आम्दानी मूल्य आम्दानी अनुपात १४.५८ गुणा छ ।

समीटको नाफा २५.७० प्रतिशतले बढ्यो

समीट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २५.७० प्रतिशत धेरै हो।

गत आवमा लघुवित्तले एक करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा लघुवित्तले ७७ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन तथा ५६ करोड २ लाख रुपैयाँ सापटी लिएर एक अर्ब ६३ करोड १० लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ। जसबाट ४ करोड २३ लाख रुपेयाँ खुद ब्याज आम्दानी गरेको छ।

लघुवित्तको चुक्ता पूँजी २१ करोड रुपैयाँ तथा जगेडाकोषमा ११ करोड ८१ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४६ पैसा, प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात ७८.०४ गुणा छ।