भेटायो एप र फेसियल हाउसको सहकार्यमा ५ हजारलाई सिपमुलक तालिम दिइने

0
Shares

भेटायो एप र फेसियल हाउसबीचको विशेष सहकार्यमा आगामी वर्ष ५ हजार बढीलाई व्यवसायिक तथा सिपमुलक तालिम प्रदान गरिने भएको छ ।

भेटायो एप अनलाइनमा आधारित सेवा प्रदायक एप/संस्थासँगै समाहित भई फेसियल हाउस (सौन्दर्य र सीप उद्योग) को उद्देश्यले बेरोजगार युवाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा रोजगारी सिर्जना गर्नका लागि व्यवसायिक तथा सिपमुलक तालिम आयोजना गर्न लागिएको हो । जसले समावेशी, पिछडिएको र सीमान्तकृत समुदायका लागि आम्दानीको श्रोत बलियो बनाउने लक्ष्य राखेको छ ।

यसैगरी दुवै पक्षले लाभ लिन एकअर्काको सम्बन्धित शक्ति, अनुभव, विधि र स्रोत तथा साधनहरूको परिचालन र पहँुचमा विस्तार गर्ने र जसमा करिब ५ हजार व्यक्तिलाई तालिम दिने योजना बनाएको छ ।

साथै उनीहरूलाई आर्थिक रूपमा सवल एवम दक्ष तथा आर्थिक रुपमा स्तरीय रोजगारी पाउन सहयोग पुग्नेछ । भेटायो एपमा सेवा लिने र रोजगार प्रदान गर्ने ग्राहकको सुविधाका लागि गुणस्तरीय सेवा उपलब्ध गराउने प्लेटफर्म हो ।

भेटायोले गुणस्तरीय सेवा उपलब्ध गराउने कार्य मात्र नगरी दक्ष जनशक्ति उत्पादन गरी बजार प्रवद्र्धन गर्न निरन्तर रुपमा काम गर्ने विभिन्न तालिम र सहकार्य मार्फत अघि बढाउने काम गर्दछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।