काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ। आज सिटिजन्स बैंक र विकास हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले तय गरेको बुकक्लोज मिति अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले सो दिन सिटिजन्सको ३.८० प्रतिशत र विकास हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजन पश्चात सिटिजन्स बैंकको सेयरमूल्य २०३ रुपैयाँ २८ पैसा कायम भएको छ भने विकास हाइड्रोपावरको ५१० रुपैयाँ कायम भएको छ।
यही समायोजित मूल्यलाई आधार मानेर भोली अर्थात असोज १९ गते दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्नेछ ।







