सिटिजन लाइफले व्यतित बीमालेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा पूर्ण छुट दिने

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड दुई वर्ष अगाडि देखि व्यतित भएका बीमालेखहरुको नवीकरण बीमाशुल्क भुक्तानी गरेमा सोमा लाग्ने विलम्ब शुल्क (व्याज) पूर्ण रुपमा छुट दिने घोषणा गरेको छ ।

कम्पनीका अनुसार २०७९ पुस ११ गते देखी २०७९ पुस २५ गते सम्म बीमालेखलाई निरन्तरता दिने प्रयोजनका लागि पुनर्जागरण गराई नवीकरण बीमाशुल्क भुक्तानी गरेमा सो मा लाग्ने विलम्ब शुल्क (व्याज) पूर्ण रुपमा छुट प्रदान गरिएको हो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणद्वारा जारी ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८” दफा ११ बमोजिम सो छुट दिएको जनाएको छ । विलम्ब शुल्क (व्याज) छुट बीमा अवधि भरी एक पटक मात्र पाईने हुँदा कम्पनीले त्यस्ता बीमितलाई यस अवधिमा नवीकरणमा ल्याउन आग्रह गरेको छ ।

व्यतित बीमालेखमा शतप्रतिशत विलम्ब शुल्क छुटका साथै पुनर्जागरण सम्बन्धमा थप जानकारी आवश्यक परेमा सर्वसाधारणले कम्पनीको शाखा र उपशाखा कार्यालयमा तथा सम्बन्धित अभिकर्ताहरुसँग सम्पर्क राख्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।