अर्थ मन्त्रालयले चासो नदेखाएपछि अलपत्र पर्यो बीमा महाविपत्ती बण्ड

0
Shares

नेपाल सरकारले चालु आर्थिक बर्ष २०७९/८० मा बीमा महाविपत्ती बण्ड जारी गर्ने घोषणा गरेको थियो । जसका लागि चालु आवको पुस महिना भित्रमा नेपाल बीमा प्राधिकरणले बीमा महाविपती बण्ड सम्बन्धी अध्ययन प्रतिवेदन पेश गर्ने कार्ययोजना समेत तयार पारेको छ । तर, यस बिषयमा कुनै पनि प्रक्रिया अगाडी नबढेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यस बिषयमा अर्थमन्त्रालयले कुनै पनि चासो देखाएको छैन । अर्थमन्त्रालयले नै एक कार्यदल गठन गरी विज्ञ सहितको समिति तयार पार्नु पर्ने हो । तर, मन्त्रालयले नै चासो नदेखाएपछि प्रक्रिया अगाडी नबढेको प्राधिकरणको दाबी छ ।

सरकारले चालु आवको बजेटमा नै राष्ट्रिय बीमा नीति र विपद् जोखिम बीमा रणनीति तर्जुमा गरी कार्यन्वयन गर्ने, एक परिवार एक बीमा अवधारणालाई साकार पार्न आवश्यक कार्यक्रम सञ्चालन गरी स्थानीय तहसम्म बीमाको पहुँचको विस्तार गर्ने, बीमा महाविपती बण्ड जारी गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्ने घोषणा गरेको थियो।

तर, राष्ट्रिय बीमा नीति भने प्राधिकरणले मन्त्रिपरिषदसम्म पु¥याएको बताएको छ । मन्त्रिपरिषदले भाषामा थोरै परिमार्जन गरी पुनः पेश गर्न भने पछि प्रक्रिया त्यही अड्किएको हो । यद्यपी नीति पारित नै हुने अन्तिम अवस्थामा पुगेको प्राधिकरणको दाबी छ । नीतिमा प्राधिकरणले आगामी १० बर्ष भित्रमा मुलुकको बीमा क्षेत्र कुन अवस्थामा पुग्नेछ भन्ने सहितको योजना पेश गरिएको छ ।

त्यस्तै, सरकारको योजना अनुसार यो बर्ष भित्रमा बीमाको पहुँच ३७ प्रतिशत पु¥याइने लक्ष्य राखिएको छ । यसका लागि प्राधिकरणले प्रदेश कार्यालयको विस्तार गरी चेतनामुलुक कार्यक्रम सञ्चालन गरी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको चालु आवको कार्तिकसम्मको तथ्यांक अनुसार नेपालमा बीमा पहुँच करिब १६ प्रतिशतसम्म पुगेको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर बीमा कलेज सञ्चालन गरिने

नेपाल बीमा प्राधिकरणले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर बीमा कलेज स्थापना गर्ने तयारी गरेको छ । सरकारले चालु आवको बजेटमा नै कलेज स्थापना गर्ने घोषणा गरेको थियो । सोही बमोेजिम प्राधिकरणले कलेज स्थापनाको तयारी गरेको बताएको छ ।

प्राधिकरणले भित्र रहेको बीमा इन्सिच्यूटले कलेज सञ्चालन गर्नेछ । कलेज प्राधिकरणको चावहिल स्थित भवनमा सञ्चालन गरिनेछ । स्नाकोत्तर तहमा रिस्क म्यानेजम्याण्ट एण्ड इस्योरेन्स बिषयमा अध्यापन गराइनेछ । कुनै पनि संकायबाट स्नातकतह उर्तिण गरेका विद्यार्थीले अध्ययन गर्न पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।