नेपालमा स्मार्ट वाच आयात २२ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चाल आर्थिक बर्ष २०७९/८० को पहिलो पाँच महिनाको अवधिमा २१ करोड ८४ लाख १२ हजार रुपैयाँको स्मार्टवाच आयात भएको छ ।
गत आवको सोही अवधिमा भने २८ करोड १९ लाख २४ हजार रुपैयाँ बराबरको वाच आयात भएको थियो ।
तथ्यांक अनुसार चालु आवको मंसिर महिनामा एक लाख ४४ हजार ४६६ युनिट स्मार्टवाच आयात भएको छ भने गत वर्षको यसै अवधिमा दुइ लाख १४ हजार ४२६ यूनिट स्मार्ट वाच आयात भएको थियो ।
विभागका अनुसार नेपालमा १२ मुलुकबाट स्मार्टवाच आयात हुने गरेको छ । सबैभन्दा धेरै स्मार्टवाच चीनबाट आयात हुने गरेको छ । चीनबाट १५ करोड ९३ लाख ११ हजार रुपैयाँ बराबरको एक लाख २७ हजार ३०८ यूनिट स्मार्टवाच आयात भएको छ ।
भारतबाट चार करोड ७१ लाख ३९ हजार रुपैयाँ बराबरको १६ हजार ७०० यूनिट आयात भएको छ ।











प्रतिक्रिया