‘बैंक मर्जर स्वेच्छिक कुरा हो ‘ : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जाने विषय स्वेच्छिक हुने प्रष्ट पारेका छन्।

बुधबार कामना सेवा विकास बैंकको १३ औं वार्षिकोत्सवको कार्यक्रममा अर्थमन्त्री खतिवडाले मर्जरलाई बाध्यताकारी नबाईने बताएका हुन् ।

चालु आर्थिक बर्षको बजेट मार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा लग्न प्रोत्साहन गर्ने नीति ल्याएका खतिवडाले फोर्स मर्जरको पक्षमा सरकार नरहेको प्रष्टोक्ती दिएका हुन् । ‘लोकतन्त्रमा बलजफ्तीले हुँदैन, मर्जरका लागि बाध्य पारिँदैन’अर्थमन्त्री खतिवडाले भने। तर, कानुनको पालनमा कसैलाई छुट नहुने चेतावनी समेत दिए ।

साथै उनले पछिल्लो समयमा बैंकहरुमा कर्जाको माग अत्याधिक बढ्नुले लगानीको वातारण सुदृढ हुँदै गएको दाबी गरे । उनले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा र्पुयाउन राष्ट्र बैंकलाई निर्देशन समेत दिए । अझै करिब १९ वटा स्थानीय तहमा बैंकिङ सेवा पुग्न नसकेको भन्दै उनले आगामी पुस मसान्तभित्र सबै स्थानीय तहमा सेवा र्पुयाउन निर्देशन दिएका हुन् ।