चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा एक अर्ब ४१ करोड ७४ लाख ३४ हजार रुपैयाँको राउटर आयात भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले कम हो ।
आवमा एक अर्ब ८० करोड ९ लाख ४९ हजार रुपैयाँ बराबरको राउटर आयात भएको भन्सार विभागको तथ्यांक छ ।
चालु आवको मंसिरसम्ममा तीन लाख ७५ हजार ७६८ यूनिट राउटर आयात भएको छ । भने गत आवको सोही अवधिमा पाँच लाख ४९ हजार २५५ यूनिट राउटर आयात भएको थियो ।
नेपालमा १४ ओटा मुलुकबाट राउटर आयात हुन्छन् । चीनबाट सबैभन्दा धेरै एक अर्ब ३९ करोड ६५ लाख आठ हजार रुपैयाँ बराबरको तीन लाख ७२ हजार ५९५ यूनिट राउट आयात भएको छ ।
ताइवानबाट ७७ लाख ८६ हजार रुपैयाँ बराबरको एक हजार १४७ यूनिट राउट आयात भएको छ । हङकङबाट २५ लाख ३३ हजार रुपैयाँ बराबरको एक हजार १९४ यूनिट राउटर आयात भएको विभागको तथ्यांक छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया