पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम, कुन कुन हुन् ?

0
Shares

पुस १२ गते मंगलबार आज पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।  लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेका कम्पनीहरुमा नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र बिन्ध्यबासिनी हाइड्रोपावर रहेका छन् ।

कसको कति छ लाभांश ?

नेपाल एसबीआई बैंकः चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर सहित ७.५३ प्रतिशत नगद लाभांश
वार्षिक साधारण सभाः पुस २५ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौं बिहान ११ बजे

सिद्धार्थ बैंकः चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.६६५ नगद लाभांश
वार्षिक साधारण सभाः पुस २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे

लुम्बिनी विकास बैंकः चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर सहित ९प्रतिशत नगद लाभांश
वार्षिक साधारण सभाः पुस २६ गते, अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे

राधी विद्युत कम्पनीः चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश
साधारण सभाः पुस २८ गते, कम्पनीको कार्यालय त्रिपुरेश्वर,काठमाडौंमा बिहान ११ बजे

बिन्ध्यबासिनी हाइड्रोपावरः चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश
वार्षिक साधारण सभाः पुस २२ गते, कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १२ पुस २०७९, मंगलबार  ०९ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।