एशियन हाइड्रोपावरको आईपीओमा स्थानीयलाई आवेदन दिने समय थप

0
Shares

एशियन हाइड्रोपावरबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निषकसन गरिएको समय थप गरिएको छ ।

कम्पनीले यसअघि पुस १२ गतेसम्म आवेदन दिन सक्नेगरी जारी गरेको सेयरमा प्रयास्त आवेदन नपरेपछि एक साताका लागि समय थप गरिएको हो । यससँगै आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाले पुस १९ गते मंगलबारसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।

हाइड्रोपावरले मंसिर २७ गतेदेखि स्थानीय बासिन्दाका लागि ३ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं १०, माई जोगमाई गाउँपालिका वडा नं ३ र ४ तथा सूर्योदय नगरपालिका वडा ११ का स्थानीय बासिन्दाहरुका लागि ४० प्रतिशत बराबरले हुन आउने १ लाख ३६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बाँकी ६० प्रतिशत बराबरले हुन आउने २ लाख ४ हजार कित्ता सेयर आयोजनाबाट अति प्रभावित क्षेत्र बाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ ।

स्थानीय बासिन्दाले कम्पनीको सेयरमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
स्थानीयबासीले एनएमबि बैंक ईलाम शाखा, सिभिल बैंक माईजोगमाई शाखा, प्राइम कमर्सियल बैंक बिब्लाटे शाखा, ग्लोबल आइएमई बैंक सूर्योदय –फिक्कल) शाखा तथा बिक्री प्रबन्धले तोकेको बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले एसियनलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

वैदेशिक रोजगारीको आवेदन बन्द, ६.५० गुणा बढी माग

उता वैदेशिक रोजगारीमा रहेकालाई जारी गरिएको सेयरको निष्कासन भने पुस १२ गते मंगलबार नै बन्द गरिएको छ ।

कम्पनीले सर्वसाधारणमा निष्कासन हुने ८ लाख ४० हजार कित्तामध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर मंसिर २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको थियो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट अन्तिम दिन ४ बजेसम्म आईपीओमा ८ हजार ८७७ वटा आवेदन परेको छ ।

उल्लेखित संख्याबाट ५ करोड ४५ लाख ७६ हजार रुपैयाँ बराबरको ५ लाख ४५ हजार ७६० कित्ता सेयर माग भएको छ । जुन माग संख्याको ६.५० गुणा बढी हो ।

कम्पनीको सेयरमा मेरो सेयर तथा सि आश्वा प्रणाली मार्फत प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था थियो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ पुस २०७९, मंगलबार  १६ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।