राष्ट्र बैंकले सवा २ करोड थान नोट जलाउँदा साढे ६३ करोड छाप्यो

0
Shares

नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्ष २०७८/७९ मा २ करोड २५ लाख १३ हजार थान नोट जलाएको छ । केन्द्रिय बैंकले ४ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ बराबरको नोट जलाएको हो ।

बैक तथा वित्तीय संस्था एवम् सर्वसाधारणले बैकमा जम्मा गरेको झुत्रा भएको, मैला र च्यातिएका नोट प्रयोग गर्न अयोग्य हुने भएपछि केन्द्रिय बैंकले सो संख्याका नोटलाई जलाएको हो ।

केन्द्रिय बैंकको तथ्यांक अनुसार एक हजार रुपैयाँ दरको १८ लाख ५१ हजार थान नोट जलाइएको छ । ५०० दरको ३३ लाख २२ हजार थान, १०० रुपैयाँ दरको ५५ लाख ७४ लाख, ५० रुपैयाँ दरका ६१ लाख तीन हजार, २५ रुपैयाँको दुई हजार थान, २० रुपैयाँ दरका ३१ लाख तीन हजार थान, १० रुपैयाँ दरका १४ लाख १८ हजार थान, पाँच रुपैयाँ दरका १० लाख ३० हजार थान, दुई रुपैयाँ दरका २५ हजार र एक रुपैयाँ दरका सात हजार थान नोट जलाइएको केन्द्रिय बैंकको तथ्यांक छ ।

६३ करोड ६० लाख थान नयाँ नोट छापियो

गत आर्थिक बर्ष २०७८/७९ मा नेपाल राष्ट्र बैंकले ६३ करोड ६० लाख थान नयाँ नोट निष्काशन गरेको छ । बैकले ५२ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको सो संख्याको थान नोट जारी गरेको हो ।

जसमा केन्द्रिय बैंकले एक हजार रुपैयाँका दुई करोड ८६ लाख थान नोट छापेको छ । ५०० रुपैयाँको ८५ लाख ५० हजार, एक रुपैयाँको १० करोड तीन लाख थान, ५० रुपैयाँ बराबरका नौ करोड ९५ लाख थान, २० रुपैयाँ दरका १४ करोड ५० लाख थान, १० रुपैयाँ दरका ११ करोड ८५ लाख थान र पाँच रुपैयाँ दरका १३ करोड ५४ लाख थानका नोट छापिएको छ ।

त्यस्तै, गत आवसम्ममा तीन अर्ब पाँच करोड ४६ लाख ९८ हजार १४७ थान नोट चलनचल्तीमा रहेका छन् । जस अनुसार एक हजार रुपैयाँका ४४ करोड ३३ लाख ३८ हजार ७२० थान रुपैयाँ नोट प्रयोगमा रहेका छन् । ५०० रुपैयाँका २६ करोड ५६ लाख २३ हजार ५५२ चलनचल्ती रहेका छन् ।

त्यस्तै, २५० रुपैयाँ दरका तीन लाख ४९ हजार थान, १०० रुपैयाँ दरका २७ करोड थानका, ५० रुपैयाँ दरका २६ करोड ४९ लाख ४३ हजार ६६५ थान, २५ रुपैयाँ दरका २२ लाख ८३ हजार ९९२ थान, २० रुपैयाँ दरका ३४ करोड १२ लाख ८० हजार १०२ थान, १० रुपैयाँ दरका ५३ करोड ७५ लाख ८ हजार १९ थान, ५ रुपैयाँ दरका ६७ करोड ५७ लाख ४८ हजार ९०३, दुई रुपैयाँ दरका नौ करोड २५ लाख ८७ हजार ९१८ र एक रुपैयाँ दरका १६ करोड १० लाख २ हजार ६६९ थान नोट चलनचल्तीमा रहेका छन् ।

त्यस्तै, एक रुपैयाँ दरको २० करोड सिक्का खरिद गर्ने सम्बन्धमा पोल्याण्डको मोन्निका पोलस्का एसके कम्पनी र दुई रुपैयाँको १० करोड थान सिक्का खरिद गर्न युकेको दि रियल मिन्ट कम्पनीसँग सम्झौता भए अनुसार गत आवमा एक रुपैयाँको नौ करोड थान र दुई रुपैयाँको चार करोड थान सिक्का प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।