सुन-चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

नेपाली बजारमा पहेँलो धातु सुनको मुल्य आज प्रतितोला ४०० रुपैयाँले बढेको छ । यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार १०० रुपैयाँमा कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले बढेर १ लाख ६०० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पुस १२ गते मंगलबार छापावाल सुन प्रतितोला १ लाख ७०० रुपैयाँ, तेजावी सुन प्रतितोला १ लाख २०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस अमेरिकी डलर १८११ तथा चाँदी २३.९५ डलरमा कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ पुस २०७९, बुधबार  ११ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।