निफ्राको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्काशन गरेको उर्जा ऋणपत्रमा आवेदन दिने आज (पुस १४ गते) अन्तिम रहेको छ।

बैंकले मंसिर २९ गते बिहीबारदेखि पाँच अर्ब मूल्यको बराबरको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ नामक ऋणपत्र निष्काशन गरेको छ ।

वार्षिक ७ प्रतिशत ब्याजदरमा बैंकले ७ वर्ष अवधिको उक्त ऋणपत्र निष्काशन गरेको हो ।

प्रतिइकाई एक हजार अंकित दरका ५० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्रीमा आएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

बैंकको ऋणपत्रमा लगानी गर्नेले न्यूनतम २५ कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयर मोबाइल एप, मेरो सेयर वेवसाइटबाट लगानीकर्ताले अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट समेत सि आश्वा प्रणालीबाट ऋणपत्र किन्न सकिन्छ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ पुस २०७९, बिहिबार  ०८ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।