एभरेष्ट बैंकको सन्तुलित प्रगति विवरण, तीन महिनाको नाफा ६९ करोड

0
Shares

एभरेष्ट बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ६९ करोड ८ लाख खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.८ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६३ करोड ३३ लाख खुद नाफा आर्जन गरेको थियो । बैंकको तीन महिना अवधिको वितरण योग्य नाफा ३० करोड ८४ रुपैयाँ छ।

बैंकका अधिकांस सूचकहरु बढेका छन । तर, कोषको लागत कर्मचारी र सञ्चालन खर्च भने बढेको छ । आठ अर्ब दश करोड चुक्ता पूँजी भएको बैंकले साधारण जगेडा, पूँजीगत जगेडा लगायतमा गरेर दश अर्ब बढी रकम जगेडाकोषमा राखेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप १२.४१ प्रतिशत, कर्जा १२.८१ प्रतिशत र खुद ब्याज आम्दानी पनि ९.३० प्रतिशतले बढेको छ । गत असोज मसान्तसम्म बैंकले एक खर्ब ३४ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ९ अर्ब कर्जा परिचालन गरेको छ । जसबाट बैंकले १ अर्ब ४३ करोड खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको पूँजी स्थिर रहँदा प्रतिशेयर आम्दानी बढेको छ । बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ २५ पैसाबाट बढेर ३४ रुपैयाँ ०९ पैसा पुगेको छ ।
बैंकको आधार ब्याजदर ८.५२ प्रतिशत तथा कोषको लागत ६.३८ प्रतिशत छ । बैंकको आधारदर र लागत दुवै बढेको छ । समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाएको छ । ०.२१ प्रतिशत रहेको खराब कर्जा ०.१७ प्रतिशतमा झारेको छ ।

बैंकको सिसिडी अनुपात ७४.८९ प्रतिशत, पूँजीकोष १३.७९ प्रतिशत छ । यस्तै, प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ०७ पैसा र मूल्य आम्दानी अनुपात १६.०५ गुणा रहेको छ।

बैंकले गत आर्थिक वर्षको नाफाबाठ ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय प्रस्ताव गरेको छ ।