दुई हजार बिन्दुमाथि उक्लियो नेप्से

0
Shares

सेयर बजार मापक नेप्से २ हजार बिन्दुमाथि उक्लिएको छ । यसअघि २०७९ भदौ १० गते शुक्रबार नेप्से २०२२.६२ बिन्दुमा रहेको थियो । त्यसपछि चार महिनायता बजार निरन्तर दुई हजार बिन्दुतल कारोबार हुँदै आएको थियो ।

बिहीबार कारोबारको ३ घण्टा अवधिमा नेप्से ३३.२२ अंकले बढेर २००५ बिन्दुमा पुगेको हो । यसअघि नेप्से निरन्तर घट्दा सूचक १८ सयको हाराहारीमा झरेको थियो ।

बुधबार उद्योगी व्यवसायीहरुसँग अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रलायको भएको छलफलमा आफुले व्यवसायीहरुलाई निरुत्साहित नबनाउने बताएका थिए । उनले आफूले अर्थ सचिव र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सँगै राखेर छलफल गर्दै आफूले पनि समस्या समाधानको पहलकदमी लिने बताएका थिए ।

बिहीबार ३ घण्टा अवधिमा २५० कम्पनीका ४७ लाख ६६ हजार कित्ता सेयर १ अर्ब ६६ करोड माथिमा खरिद बिक्री भएको छ । हिमालयन डिष्टिलरीको सर्वाधिक ६ करोड ९० लाखको सेयर कारोबार भएको छ ।

श्रृजनसिल लद्दुवित्त, धौलागिरी लघुवित्त र प्रभस लाइफको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने विन लघुवित्तको सेयरमूल्य सर्वाधिक ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ पुस २०७९, बिहिबार  १४ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।