सिद्धार्थ बैंकले बिक्रीमा ल्यायो ४७ हजार कित्ता संस्थापक सेयर

0
Shares

सिद्धार्थ बैंकले सर्वसाधारणले खरिद गर्न मिल्नेगरी ४६ हजार ८६९ कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको छ ।  बैंकले संस्थापक सेयरधनी आत्मा कृष्ण श्रेष्ठको नाममा रहेको सेयर बिक्री खुला गरेको हो ।

बैंकले पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएकोमा सबै सेयर बिक्री नभएपछि पुनः बिक्री खुला गरेको हो । अहिले खुला भएको संस्थापक सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्ने सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।