नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । पाँचवटै कम्पनीको बुकक्लोजसँगै नेप्ेिले मूल्य समायोजन गरेको हो ।
नेप्सेले फरवार्ड लघुवित्तको चुक्ता पुँजीको २५ प्रतिशत बोनसपछि प्रतिसेयर १९०४ रुपैयाँ मूल्य निर्धारण गरेको छ । बिहीबार कम्पनीको सेयर अन्तिम पटक २३८० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी फस्ट माइक्रोफाइनान्स लघुवित्तको चुक्ता पुँजीको १९ प्रतिशत बोनसपछि प्रतिसेयर ६४१.०९ रुपैयाँ मूल्य निर्धारण गरेको छ । बिहीबार कम्पनीको सेयर अन्तिम पटक ७६२.९० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आरएसडीसी लघुवित्तको चुक्ता पुँजीको ८ प्रतिशत बोनसपछि प्रतिसेयर ५२५.८३ रुपैयाँ मूल्य निर्धारण गरेको छ । बिहीबार कम्पनीको सेयर अन्तिम पटक ५६७.९० रुपैयाँमा कारोबार भएको थियो ।
आजै यूनाइटेड इन्स्योरेन्सको पनि ५ प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन भएको छ । बोनसपछि कम्पनीको समायोजित सेयरमूल्य प्रतिसेयर ३८२.८६ रुपैयाँ मूल्य निर्धारण गरेको छ । बिहीबार कम्पनीको सेयर अन्तिम पटक ४०२ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी कालिका पावरको १५ प्रतिशत बोनसपछि प्रतिसेयर ३३५.१३ रुपैयाँ मूल्य निर्धारण गरेको छ । बिहीबार कम्पनीको सेयर अन्तिम पटक ३८५.४० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर सम्बन्धीत कम्पनीको सेयरमूल्य समायोजन भएको हो । पाँचवटै कम्पनीको समायोजित सेयरमूल्यलाई आधार मानेर आइतबार नेप्सेमा कारोबार खुला हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया