सेञ्चुरी बैंकलाई ४७ करोड ७६ लाख रूपैयाँ लाभांश बाँड्न साधारण सभाको अनुमति

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभाले सेयरधनीलाई कुल ४७ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्न अनुमति दिएको छ ।

पुस १४ गते बिहीबार अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद«काली काठमाण्डौंमा सम्पन्न भएको साधारण सभाले सेयरधनीहरुलाई आ.व. २०७८÷७९ को मुनाफाबाट चुक्ता पुँजी रकम ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १९८ रुपैयाँ ८९ पैसाको ४.७५ प्रतिशत (४५ करोड ३८ लाख १० हजार ६४६ रुपैयाँ) बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश ( २ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ४ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । बुकक्लोज अनुसार पुस ३ गते आइतबारसम्म नेप्सेमा कारोबार भइ कायम सेञ्चुरी बैंकका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । सेञ्चुरी बैंक र प्रभु बैंक १ बराबर १ अनुपात (सेञ्चुरी बैंकको १०० कित्ता बराबर प्रभु बैंकको १०० कित्ता) मा एक्विजिशनमा जाने प्रस्ताव अनुमोदन गरेको हो ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ ।

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ९७.२९ अर्ब रुपैयाँ र ८७.४५ अर्ब रुपैयाँ कर्जा  परिचालन गरी ३१.८५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।