भारी मात्रामा पूँजी बढाउँदा पनि उन्नतीको प्रतिशेयर आम्दानी सन्तुलीत

0
Shares

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म उन्नति लघुवित्त वित्तीय संस्थाले १ करोड ९८ लाख खुद नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको यसै अवधिकोतुलनामा ४९ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यसैअवधिमा लघुवित्तले १ करोड ३२ लाख खुद नाफा कमाएको थियो ।

६० प्रतिशत बढीले चुक्ता पूँजी बढाएको लघुवित्तले प्रतिशेयर आम्दानी सन्तुलनमा राख्ने प्रयास गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी भने ४ रुपैयाँ १३ पैसाले घटेर ५७ रुपैयाँ ३३ पैसा भएको छ । प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ०४ पैसा छ ।

कम्पनीको चुक्ता पूँजी ८ करोड ८२ लाख छ । यसअवधिमा कम्पनीको जगेडा कोष ११८ प्रतिशतले बढेर ९ करोड ५३ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा लघुवित्तले ५९ करोड ६६ लाख निक्षेप र १ अर्ब ५ करोड १६ लाख सापटीबाट १ अर्ब ५५ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट लघुवित्तले ३ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको निष्क्रिय कर्जा ०.७४ प्रतिशतले बढेर १.८५ प्रतिशत पुगेको छ। उन्नतिले गत वर्षको नाफाबाट लगानीकर्तालाई ३८.६० प्रतिशत बोनस र २.०३ प्रतिशत नगद सहित ४०.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।