सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ४७ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।
लघुवित्तले तीन जना संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सर्वसाधारणले खरिद गर्न पाउने गरी पुस १५ गते शुक्रबार बिक्री खुला गरिएको हो ।
सो संस्थापक सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले खरिद गर्न चाहेको सेयर संख्या खुलाई ३५ दिनभित्र आवेदन फारम बुझाउन सक्नेछन् । बिक्री मूल्य भने बिक्रीकर्ताले तोके बमोजिम हुने जनाइएको छ ।
आवेदन फारम सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी, नक्साल र सूर्योदय वोमी लघुवित्तको कर्पोरेट कार्यालय महालक्ष्मी–४ इमाडोल ललितपुरमा आवेदन फारम बुझाउन सकिने कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया