नयाँ सरकार गठनपछि यस साता श्रृजनशील लघुवित्तका सेयरधनीले सर्वाधिक नाफा कमाएका छन् । लघुवित्तको सेयरमूल्य सर्वाधिक ४६.३८ प्रतिशतले बढेर १७६५.१० रुपैयाँ पुगेको हो ।
यस्तै धौलागिरी लघुवित्तको सेयरमूल्य ४६.३७ प्रतिशत बढेर १०४५.७० रुपैयाँ, खप्तड लघुवित्तको सेयरमूल्य ३६.१७ प्रतिशत बढेर ८७२.६० रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य ३२.४८ प्रतिशत बढेर ६४० रुपैयाँ र तेह्रथुम पावरको सेयरमूल्य २७.९६ प्रतिशत बढेर ४०६.९० रुपैयाँ पुगेको छ ।
यसैगरी विन नेपाल लघुवित्तको सेयरमूल्य २५.७१ प्रतिशत बढेर ११०० रुपैयाँ, रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य २४ प्रतिशत बढेर ४०० रुपैयाँ, हमिालयन पावर पार्टनरको सेयरमूल्य २४.७८ प्रतिशत बढेर २७१.९० रुपैयाँ, अपर तामाकोशीको सेयरमूल्य २४.४० प्रतिशत बढेर ४६९ रुपैयाँ र सानिमा लाइफको सेयरमूल्य २४.२३ प्रतिशत बढेर ३९२.७० रुपैयाँ पुगेको हो ।
यो साता चार स्टकमा लगानी गरेकाले गुमाएका छन् । जसमा सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.९० प्रतिशत घटेर २४४० रुपैयाँमा झरेको छ । यस्तै नेपाल टेलिकम ४.५१ प्रतिशत घटेर ९१० रुपैयाँ, शाइन रेसुङ्गा डेभलमेन्ट बैंकको सेयरमूल्य ३ प्रतिशत घटेर ३२३ रुपैयाँ, सिद्धार्थ बैंकको सेयरमूल्य २.५८ प्रतिशत घटेर ३०२ रुपैयाँमा, नेष्डो समृद्धि लघुवित्तको सेयरमूल्य ०.४३ प्रतिशत घटेर ३२३६ रुपैयाँ र एनएमबि बैंकको सेयरमूल्य ०.१७ प्रतिशत घटेर २३२.६० रुपैयाँमा झरेको छ ।
अर्थमन्त्रीको रुपमा विष्णु पौडेलले कार्यभार सम्हालेपछि वियरिस ट्रेण्डमा रहँदै आएको नेप्सेमा एक सातामा नै ८.६७ प्रतिशतबमे बढोत्तरी देखिएको हो । यो साता नेप्से १६१.८२ अंक बढेर २०२९.०३ अंकमा पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया