दुई वाणिज्य बैंक सहित ६ कम्पनीको लाभांश पाउन आजसम्म बन्नैपर्छ सेयरधनी

0
Shares

दुई वाणिज्य बैंक सहित ६ कम्पनीको लाभांश पाउन आजसम्म सेयरधनी बन्नैपर्ने देखिएको छ । ती कम्पनीले सोमबार बुकक्लोज गर्न लागेकाले आइतबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश सम्बन्धीत संस्थाको लाभांश पाउनेछन् ।

यी हुन् आइतबारसम्म सेयर किन्दा लाभांश पाइने कम्पनी र प्रस्तावित लाभांश

नेपाल टेलिकम, नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी विकास बैंक, बुटवल पावर कम्पनी र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको आइतबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् । ६ वटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते बुकक्लोज मिति तोकेका छन् । बुकक्लोजको अघिल्लो दिनसम्म सेयर कारोबार भई सम्बन्धीत कम्पनीको सेयरधनी दर्ता किताबमा कायम हुन आउने लगानीकर्ताहरु मात्र सो कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुने गर्दछन् ।

१. नेपाल टेलिकम

नेपाल टेलिकमको गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४० प्रतिशत नगद प्रस्ताव गरेको छ ।
लाभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न नेपाल टेलिकमले पुस २८ गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ ।

२. नबिल बैंक

नबिल बैंकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस सेयर र कर सहित ११.५० प्रतिशत नगद गरी कुल ३० प्रतिशत लालभांश वितरणको प्रस्ताव गरेको छ ।

नबिल बैंकले पुस २९ गते सिल्भर ओक ब्यांक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बिहान १० बजे ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

३. हिमालयन बैंक

हिमालयन बैंकले ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लाभांश सहित सिभिल बैंकलाई १०० बराबर ८०.२८ स्वाप रेसियोमा प्राप्ती गर्ने प्रस्ताव सहित बैंकले पुस २८ गते, बिहीबार होटल सोल्टी, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजे बैंकको ३० औं वार्षिक साधारण बोलाएको छ ।

४. महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर सहित ६.४७ प्रतिशत नगद गरी कुल १०.४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

महालक्ष्मी विकास बैंकले लाभांश पारित गर्न पुस २९ गते शुक्रार लैनचौर ब्यक्वेटमा लैनचौर ब्यक्वेटमा बिहान १० बजे एक्काईसौं साधारण सभा आह्वान गरेको छ ।

५. बुटवल पावर कम्पनी

बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर सहित ७।५० प्रतिशत नगद गरी कुल १२.५० प्रतिशत नगद प्रस्ताव गरेको छ ।

बुटवल पावर कम्पनीले पनि लाभांश पारित गर्न पुस ३० गते कार्की ब्यांक्वेट, काठमाडौंमा बिहान ११ बजे ३० औं वार्षिक साधारण सभा समेत बोलाएको छ ।

६. सिद्धार्थ इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्सले चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर सहित ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्सले २१ औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ पुस २०७९, आइतबार  ०९ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।