नेपाल लाइफले व्यतीत बीमालेख विलम्ब शुल्कमा ३५% छुट दिने

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीले व्यतीत बीमालेखको पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा ठूलो यस कम्पनीले ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८’ अनुसार बीमितहरुले भुक्तानी गर्नुपर्ने नवीकरण शुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा विलम्ब शुल्कको ३५ प्रतिशत छुट दिने जनाएको हो ।

यो सुविधा बीतिहरुले २०७९ पुस १७ गतेदेखि साढे एक महिना अर्थात माघ २९ गतेभित्र पाइने नेपाल लाइफले जनाएको छ । यस अवधिमा नवीकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख सुचारु गरेमा बीमालेख नवीकरण गर्दा लाग्ने बिलम्ब शुल्कमा ३५ प्रतिशत छुट पाउनेछन् ।

कम्पनीले यसअघि २०७७ कार्तिक १५ गते देखि २०७९ कार्तिक १४ गते भित्र व्यतीत भएका सम्पुर्ण बीमालेखहरुमा कार्तिक ३० गतेसम्म नविकरण शुल्कमा लाग्ने जरिवानामा छुट गरेको थियो । सो समयमा पनि कम्पनीले तोकिएको अन्तिम मितिभन्दा थप एक महिना समय बढाएर मंसिर २९ गतेसम्म विगत २ वर्ष अवधिमा व्यतीत भएका बीमालेखहरुमा ३५ प्रतिशत छुट दिएको थियो ।

सो समयमा कम्पनीले २ वर्ष भन्दा बढी समयदेखि व्यतीत भएका बीमालेखहरुको हकमा छुट सुविधा दिउको थिएन । हाल भने कम्पनीले सबै व्यतित भएका बीमालेखहरुमा लागु हुनेगरी छुट दिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।