नबिल इन्भेष्टमेण्ट बैंकिङ र सेञ्चुरी क्यापिटलले बोलाए साधारण सभा

0
Shares

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको दशौं वार्षिक साधारण सभा मंसिर १८ गते गर्ने भएको छ । सभा कम्पनीको सभा कक्ष, नक्साल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने भएको हो ।

कम्पनीले शेयरधनीलाई २० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ । कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै, वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने लगायतका विषयमा साधारण सभामा छलफल हुने कम्पनीले जनाएको छ ।

सेञ्चुरी क्यापिटल मार्केटस् लिमिटेड

यसैगरी, सेञ्चुरी क्यापिटल मार्केटस् लिमिटेडको तेस्रो वार्षिक साधारण सभा मंसिर २० गते हुने भएको छ । सभा काठमाडौं प्लाजा, कमलादीमा दिउँसो ३ बजे शुरु हुनेछ ।

कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले वार्षिक प्रतिवेदन पारित गर्ने, गत आवको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने कम्पनीले जनाएको छ ।