आरएसडिसीको १६ प्रतिशत लाभांश आजसम्म कायम शेयरधनीले पाउने

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको १६ प्रतिशत लाभांश सुरक्षित आज अन्तिम दिन हो।

लघुवित्तले लाभांश पारित गर्ने साधारण सभा प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्नेछ। लघुवित्तले ६ प्रतिशत बोनस शेयर र कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लघुवित्तले मंसिर १३ गते बुटवलमा साधारण सभा आयोजना गर्नेछ। हाल लघुवित्तको चुक्ता पूँजी ६३ करोड ३५ लाख छ। बोनस वितरणपश्चात ६७ करोड १५ लाख पुग्नेछ।