दुई वाणिज्य बैंक सहित पाँच कम्पनीको सेयरमूल्य समायोजन, कति तोकियो भाउ ?

0
Shares

दुई वाणिज्य बैंक सहित पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको छ । आज ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएपनि नेपाल टेलिकमको नगद लाभांश रहेकाले सो कम्पनीको भने सेयरमूल्य समायोजन भएन ।

नेप्सेले बजार मूल्यको १० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्ने कम्पनीको मात्र नगद लाभांशमा मूल्य समायोजन गर्ने गरेको छ । टेलिकमको मूल्य समायोजन हुन आइतबार कायम सेयरमूल्य ९२२ रुपैयाँका आधारमा ९२.२० रुपैयाँ लाभांश वितरण गर्नुपर्ने हुन्छ ।

यस्तो छ पाँच समायोजित सेयरमूल्यः 

१. नबिल बैंकः समायाेजित सेयरमूल्य ७२१.१० रुपैयाँ

नबिल बैंकको चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता सेयरमूल्य ७२१.१० रुपैयाँमा निर्धारण भएको छ । बैंकको सेयर आइतबार अन्तिम पटक प्रतिकित्ता ८५४.५० रुपैयाँमा कारोबार भएको थियो ।

बैंकले १८.५० प्रतिशत बोनस र कर सहित ११.५० प्रतिशत नगद गरी कुल ३० प्रतिशत लालभांश वितरणको प्रस्ताव गरेको छ । नबिल बैंकले पुस २९ गते सिल्भर ओक ब्यांक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बिहान १० बजे ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

२. हिमालयन बैंकः समायाेजित सेयरमूल्य ३३८.०६ रुपैयाँ

हिमालयन बैंक लिमिटेडको ८ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ३३८.०६ रुपैयाँ निर्धारण भएको छ । बैंकको सेयर आइतबार अन्तिम पटक प्रतिकित्ता ३६५.१० रुपैयाँमा कारोबार भएको थियो ।

बैंकले ८ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ सहित ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश सहित सिभिल बैंकलाई १०० बराबर ८०.२८ स्वाप रेसियोमा प्राप्ती गर्ने प्रस्ताव सहित बैंकले पुस २८ गते, बिहीबार होटल सोल्टी, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजे बैंकको ३० औं वार्षिक साधारण बोलाएको छ ।

३. महालक्ष्मी विकास बैंकः समायाेजित सेयरमूल्य ३३३.६५ रुपैयाँ

महालक्ष्मी विकास बैंकको चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता सेयरमूल्य ३३३.६५ रुपैयाँ तोकेको छ । बैंकको सेयर आइतबार अन्तिम पटक प्रतिकित्ता सेयरमूल्य ३४७ रुपैयाँमा कारोबार भएको थियो ।

महालक्ष्मी बैंकले ४ प्रतिशत र कर सहित ६.४७ प्रतिशत नगद गरी कुल १०.४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २९ गते शुक्रार लैनचौर ब्यक्वेटमा लैनचौर ब्यक्वेटमा बिहान १० बजे एक्काईसौं साधारण सभा आह्वान गरेको छ ।

४. बुटवल पावर कम्पनीः समायाेजित सेयरमूल्य ३२२.३८ रुपैयाँ

बुटवल पावर कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता सेयरमूल्य ३२२.३८ रुपैयाँ कायम भएको छ । कम्पनीको सेयर आइतबार अन्तिम पटक ३३८.५० रुपैयाँमा कारोबार भएको थियो ।

गत आर्थिक वर्षको नाफाबाट बुटवल पावरले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर सहित ७.५० प्रतिशत नगद गरी कुल १२.५० प्रतिशत नगद प्रस्ताव गरेको छ । कम्पनीले पनि लाभांश पारित गर्न पुस ३० गते कार्की ब्यांक्वेट, काठमाडौंमा बिहान ११ बजे ३० औं वार्षिक साधारण सभा समेत बोलाएको छ ।

५. सिद्धार्थ इन्स्योरेन्सः समायाेजित सेयरमूल्य ५९१.६५ रुपैयाँ 

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ५९१.६५ रुपैयाँ निर्धारण भएको छ । इन्स्योरेन्स कम्पनीको आइतबार अन्तिम पटक प्रतिकित्ता ६४४.९० रुपैयाँमा कारोबार भएको थियो ।

इन्स्योरेन्सले ९ प्रतिशत बोनस र कर सहित ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । इन्स्योरेन्सले २१ औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको छ ।

सेयरमूल्य समायोजन भएका पाँचवटै कम्पनीको आइतबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् । सबै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते बुकक्लोज मिति तोकेका छन् । समायोजित सेयर मूल्यमा सेयर किन्ने लगानीकर्ताहरुले भने लाभांश पाउनेछैनन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ पुस २०७९, आइतबार  १७ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।