सुनको भाउ तोलाको १ लाख १ हजार ७ सय रुपैयाँ

0
Shares

सुनचाँदीको भाउ सोमबार स्थीर रहेको छ । आइतबार प्रति तोला एक लाख १७ सयमा कारोबार भइरहेको सुनको मूल्य सोमबार पनि यथावत् रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार २०० रहेको छ ।

यसैगरी आज चाँदी १ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने सुनचाँदीको मूल्यका आधारमा नेपाली बजारमा महासंघले दैनिक सुन तथा चाँदीको भाउ तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १८२७ डलर र चाँदी प्रति औंस २४.०२ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ पुस २०७९, सोमबार  ११ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।