आज पुस १९ गते मंगलबार हिमालयन डिष्टिलरी सहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अाज अन्तिम दिन हो ।
मंगलबार कारोबार समयभित्र नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीहरुले मात्रै लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् । ती कम्पनीहरु हुन्, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट्स, मुक्तिनाथ विकास बैंक, बोटलर्स नेपाल (तराई) लिमिटेड र बोटलर्स नेपाल (बालाजु) मिर्मिरे लघुवित्त, साधना लुघवित्त, गुराँस लघुवित्त रहेका छन् ।
१. हिमालयन डिष्टिलरी
हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ६० प्रतिशत बोनस सेयर र कर सहित १० प्रतिशत नगद सहित कुल ७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २७ गते कम्पनीको रजिष्टार्ड कार्यालय वीरगञ्जमा बिहान १० बजे २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
२. मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस ३० गते शनिबार होटल पोखरा ग्रान्ड बिरौटा पोखरामा बिहान १० बजे १६ औं वार्षिक साधारण सभा डाकेको छ ।
३. बोटलर्स नेपाल (तराई) लिमिटेड
बोटलर्स नेपाल (तराई)ले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई प्रति सेयर ६० रुपैयाँ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २७ गते होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा बिहान १० बजे बस्नेगरी ३६ औं वार्षिक साधारण सभा डाकेको छ ।
४. बोटलर्स नेपाल (बालाजु) लिमिटेड
बोटलर्स नेपाल (बालाजु)ले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई प्रति सेयर २० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २७ गते गते होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे बस्नेगरी ४४ औं वार्षिक साधारण सभा बोलाएको छ ।
५. मिर्मिरे लुघवित्त
मिर्मिरे लुघवित्तले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस ३० गते शनिबार यो बैंक्वेट, सूर्याविनायक, भक्तपुरमा बिहान ११ बजे १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
६. साधना लघुवित्त
साधना लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस ३० गते होटल गोरखा बिसौनी, गोरखा ६ मा बिहान ११ः३० बजे छैठौं वार्षिक साधारण सभा डाकेको छ ।
७. शिवम् सिमेन्ट्स
शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २९ गते शुक्रबार गते होटल सामना, हेटौंडामा बिहान १० बजे सातौं वार्षिक साधारण सभा बोलाएको छ ।
८. गुँरास लघुवित्त
गुँरास लुघवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस ३० गते भेडेटार भिलेस रिर्सोट, धनकुटामा बिहान ११ बजे सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया